१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कांग्रेस महाधिवेशन अन्योलमा, तल्ला तहका अधिवेशन स्थगित



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएको छ । तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेसको १४औं महाधिवेशन पनि अन्योलमा परेको छ ।

क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा कांग्रेसले १२ साउनबाट सुरु गर्ने भनेको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमुनिका सबै तहका अधिवेशन अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरेको हो ।

शनिबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यसअघि निर्धारित तल्ला तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले जानकारी दिए ।

महतका अनुसार क्रियाशील सदस्यता विवादबारे टुंगो लगाएपछि केही दिनभित्रमा नै सबै तहका अधिवेशनका लागि अर्को मिति तोकिनेछ ।

‘क्रियाशील सदस्यताका विषयमा विवाद देखिएपछि वडा तहदेखिका अधिवेशन स्थगित गरिएको छ, केन्द्रीय महाधिवेशनको मिति अहिले चलाइएको छैन, सदस्यताका विषयमा टुंगो लगाएर केही दिनभित्रै सबै तहका अधिवेशनका मिति घोषणा हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ४१ बजे

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले