४ पुस २०८२, शुक्रबार | December 20, 2025

दक्षिण कोरियामा कोरोना चौथो लहर, दिनदिनै संक्रमितको नयाँ रेकर्ड



काठमाडौं । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ ।

यसले महामारीको रूप लिन थालेपछि अस्पतालमा आईसीयू शय्यासमेत अभाव हुन थालेको छ । कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक २ हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिक समेत छन् ।

स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट) को समेत लक्षण देखिएको छ । यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म १ हजार बढी बढी छन् । यो भाइरस उच्च गतिमा संक्रमण हुने गर्दछ ।

पछिल्लो समय थपिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च हो । यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै २ जना बढी भेला हुन समेत बन्देज गरेको छ । सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ संक्रमितको संख्या दैनिक २ हजारको हाराहारीमा देखिन थालेको छ ।

कोरियामा हालसम्म कूल संक्रमितको संख्या १ लाख ८४ हजार १०३ पुगेको छ । मृत्यु हुनेको संख्या २ हजार ६३ छ । जीवन खत्री/रासस

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको