१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक जना पक्राउ



काठमाडौं । नेपाल मेडिकल काउन्सिल ९एनएमसी०को प्रमाणपत्र किर्ते गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका वडा नं २ का ३६ वर्षीय विजय श्याम रंजितलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो ।

काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्रको प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा कीर्ते गरेर काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत गरेको उजुरी परेको थियो ।

सोबारे छानबिनपछि उनले कीर्ते गरेको पाइएसँगै ब्युरोको टोलीले उनलाई महाराजगंजबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार उनलाई कानून बमोजिम ‘लिखत सम्वन्धि कसूर अपराधमा’ कारवाहीको लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ४ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज