२१ चैत्र २०८२, शनिबार | April 4, 2026

लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ सिफारिस



काठमाडौं । सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । नेकपा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई केपी ओली सरकारले बिचमै हटाएर आफु अनुकुलको प्रदेश प्रमुख नियुक्त गरेपछि देउवा सरकारले पनि प्रदेश प्रमुख परिवर्तन गर्ने ओली सरकारको कार्यलाईै निरन्तरता दिँदै प्रदेश प्रमुख परिवर्तन गरेको हो ।

मन्त्रिपरिषदको आज बसेको बैठकले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । गण्डकी प्रदेश प्रमुख सिताकुमारी पाैडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवकाे प्रदेश प्रमुखकाे भुमिका विवादीत रहेकाे थियाे । प्रदेशमा रहेका विपक्षी गठबन्धनका नेताहरुले प्रदेश प्रमुख परिवर्तन गर्न केन्द्रिय गठबन्धनलाई दवाव दिईरहेका थिए ।

माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा शेरचनलाई नै सिफारिस गरेपनि संबिधानमा एउटै प्रदेशमा एकै ब्यक्ति दुईपटक प्रदेश प्रमुख बन्न नपाउने प्रावधान रहेपछि शेरचनकाे प्रदेश फेरिएकाे थियाे ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : ३५ बजे

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा