१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ सिफारिस



काठमाडौं । सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । नेकपा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई केपी ओली सरकारले बिचमै हटाएर आफु अनुकुलको प्रदेश प्रमुख नियुक्त गरेपछि देउवा सरकारले पनि प्रदेश प्रमुख परिवर्तन गर्ने ओली सरकारको कार्यलाईै निरन्तरता दिँदै प्रदेश प्रमुख परिवर्तन गरेको हो ।

मन्त्रिपरिषदको आज बसेको बैठकले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । गण्डकी प्रदेश प्रमुख सिताकुमारी पाैडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवकाे प्रदेश प्रमुखकाे भुमिका विवादीत रहेकाे थियाे । प्रदेशमा रहेका विपक्षी गठबन्धनका नेताहरुले प्रदेश प्रमुख परिवर्तन गर्न केन्द्रिय गठबन्धनलाई दवाव दिईरहेका थिए ।

माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा शेरचनलाई नै सिफारिस गरेपनि संबिधानमा एउटै प्रदेशमा एकै ब्यक्ति दुईपटक प्रदेश प्रमुख बन्न नपाउने प्रावधान रहेपछि शेरचनकाे प्रदेश फेरिएकाे थियाे ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज