४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोभिड बिरुद्ध सचेतना जगाउदै रोटरी डाउनटाउन



बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले कोभिड १९ संक्रमणबाट बच्न सचेतना कार्यक्रम गरेको छ । क्लबको अगुवाईमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, इन्ट्रयाक्ट क्लब अफ स्कलर्स होम, गार्गी एकेडेमीको आयोजना शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल गेट अगाडि औपचारिक कार्यक्रम गरेको हो । मानिसहरु हेलचेक्राई गर्दा संक्रमणको डर भएकाले कार्यक्रम गरिएको क्लबका अध्यक्ष जविन कक्षपतिले बताए ।

सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्यक्रम गरिएको उनले बताए । कोभिड रोक्ने उपाय भनेकै मास्क लगाउने, हात धुने र दुरि कायम गर्नु बाहेक विकल्प नरहेकाले पनि यसलाई पालना गर्नुपर्ने उनले बताए । विभिन्न स्लोगन लेखिएका प्लेकार्ड सहित माईकिङ सहित मास्क र सेनिटाईजर वितरण गरि कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक योगेन्द्र सिह थापाले औपचारिक उद्घाटन गरेका थिए ।शहरी क्षेत्रमा नागरिकहरुबाट लापरवाही बढिरहेको भन्दै यसले संक्रमणको दर बढाउने डर रहेको उनले बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायक उपरिक्षक मदन कुवर, क्लबका एसाईन एजी नारायण पन्थ, एजी जीवन अधिकारी, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, भिमराज श्रेष्ठ, सचिव बाबुराम बन्जाडेले आफू सुरक्षित भए समाज र देश सुरक्षा हुने दाबी गरे । क्लबमा युवाहरु गोलपार्क, मिलनचोक ट्राफिक चोक लगायत क्षेत्रमा माईकिङ र मास्क बितरण गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको