२४ माघ २०८२, शनिबार | February 7, 2026

नबिल बैंक र डी भी एक्सिलस बिच किसानहरुलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य



काठमाडौं । नबिल बैंक र डी भी एक्सिलस Kheti App द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तीय पहुँचको प्रदान गर्न सहकार्य भएको छ ।

यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडी बढेको छ । यसै गरी, किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्दछन् ।

उक्त, सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत र डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन् ।
साझेदारीको बारेमा बोल्दै बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने “नबिल बैंकले सदैब दिगो बैकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहृश्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो ।

हामी डी भी एक्सिलस स‘गको यस सहकार्य द्वारा कृषकहरुको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरि उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुराउदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पुर्याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित छौं । त्यस्तै डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले भने “यस सहकार्य को माध्यमबाट डी भी एक्सिलस सक्रिय रूपबाट आफ्नो Kheti App को माध्यमबाट नेपाली किसानहरुलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको बताए ।

यस साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरि कृषकलाई गुणात्मक कृषि सरसँधानको सहज उपलब्धता र सहज वित्तिय पहुँच मार्फत परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ ।

बैंकिङ क्षेत्रमा Agriculture Value Chain Financing को भिन्न प्रयोग गरि कृषकहरुलाई उचित वितिय अवसर प्रदान गर्दै उनीहरूको सफल कृषि उत्पादक बन्ने यात्रामा प्रमुख सहयोगी हुन पाउदा नबिल बैंक गर्व गर्दछ ।

यस सहकार्य अन्तर्गत Kheti App को माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ । Kheti App मा दर्ता भएका कृषकहरुले ब्उउ बाट नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन ।

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : २६ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको