१५ असार २०८३, सोमबार | June 29, 2026

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै



बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको छ । हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज बुटवलले नेपालमा अत्यन्त लोकप्रिय खाद्य परिकार मोमोको प्रवद्र्धन गर्ने उद्देश्यले भ्यालेन्टाइन डे अवसर पारेर मोमो महोत्सव आयोजना गर्न लागेको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा सिद्धार्थ कटेज बुटवलका सञ्चालक तथा क्षेत्रीय प्रवन्धक महेन्द्र न्यौपानेले माघ २९ गतेदेखि फागुन २ गतेसम्म तीन दिनसम्म मोमो महोत्सव सञ्चालन गरिने जानकारी दिए । उनले सिद्धार्थ हस्पिटालिटीले यसअघि नेपालगञ्ज र धनगढीमा सफलतापूर्वक मोमो महोत्सव आयोजना गरिसकेको उल्लेख गर्दै, यो हस्पिटालिटीको पाँचौँ संस्करण र सिद्धार्थ कटेज बुटवलमा पहिलोपटक आयोजना हुन लागेको बताए ।

महोत्सवमा २ सयभन्दा बढी प्रकारका मोमो परिकारहरूको स्वाद लिन सकिने सिद्धार्थ कटेजका कुलिनरी डाइरेक्टर एलबी कौशलले जानकारी दिए । उनका अनुसार महोत्सवमा लुम्बिनी प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू पनि राखिनेछन्, जसले स्थानीय स्वाद र संस्कृतिको प्रवद्र्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । महोत्सवमा सहभागी ग्राहकहरूले ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मका विभिन्न मोमो परिकारको स्वाद लिन सक्नेछन् ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ । तेस्रो तथा अन्तिम दिन विशेष सांगीतिक कार्यक्रमका साथै ‘मोमो मेकिङ एन्ड कुकिङ कम्पिटिसन’ र ‘मोमो इटिङ कम्पिटिसन’ आयोजना गरिने सिद्धार्थ कटेजका अपरेसन म्यानेजर पदम न्यौपानेले जानकारी दिए ।

महोत्सव अवधिभर ३ हजारभन्दा बढी ग्राहकले अवलोकन गर्ने तथा विभिन्न स्वादका मोमो परिकारको स्वाद लिने अनुमान गरिएको छ । सिद्धार्थ समूह २८ वर्षअघि कैलालीको टिकापुरबाट सुरु भई हाल देशभर होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे गरी ३३ वटा आउटलेटमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ८ : ५५ बजे

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ