२४ माघ २०८२, शनिबार | February 7, 2026

ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघसंगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारी पत्रमाहस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिककार्यालयका उप–प्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक वीरबहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजिकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँचपु¥याउने उद्देश्यले७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : ४० बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको