३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पत्रकारलाई आचारसंहिता पालना गराउन र प्रेसको दुरुपयोग रोक्न पत्रकार महासंघलाई दिए अगुवाहरुले सुझाव



बुटवल । पत्रकार आचारसंहिता कडाईका साथ कार्यान्वन गर्दै पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितता गर्दै पत्रकारलाई आचारसंहिता पालना गराउन आवश्यक रहेको समेत बताएका छन् । नेपाल पत्रकार महासंघ, रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको आगामी कार्यदिशा केन्द्रित छलफल कार्यक्रममा बोल्दै अगुवा पत्रकारहरुले आचारसंहिता कार्यान्वयन गर्दै पत्रकारका नाममा भइरहेको प्रेसको दुरूपयोग रोक्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पत्रकार महासंघले रुपन्देहीको पत्रकारिताको इतिहास खोतलेर अनुसन्धान गर्नुपर्ने बताए । उनले पत्रकार महासंघको गरिमा उँचो बनाउने गरि काम गर्ने सवालमा सदैव आफु महासंघको साथमा रहने प्रतिबद्धता ब्यक्त गरे ।

महासंघका पूर्व अध्यक्ष विनोद पहाडीले पत्रकारहरुको क्षमता अभिवृद्धी र पेशागत सुरक्षामा पत्रकार महासंघ केन्द्रित हुनुपर्ने बताए ।

त्यस्तै पूर्व अध्यक्ष हरि लम्सालले पत्रकारिता पेशालाई सम्मानित बनाउन आचारसंहिता कार्यान्वन गर्न महासंघले पहल कदमी लिनुपर्ने बताए । उनले पत्रकारिता पेशाको गरिमा र मर्यादा कायम राख्ने गरि काम गर्न महासंघको नेतृत्वलाई सुझाव दिए ।

महासंघका सल्लाहकार दिनेश पाण्डेले पत्रकारितालाई सवल र सुधृढ बनाउन पत्रकारहरुमा सुद्धिकरण जुरुरी रहेको बताए ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले पत्रकार आचारसंहिता पालना गराउन नियमित प्रशिक्षण आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न दल आवद्ध पत्रकार संगठनका जिल्ला नेतृत्व तथा पेशागत संगठनका प्रमुखहरुले पत्रकारको मर्यादा र महत्वका बिषयमा सुझाव दिएका थिए । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विश्वास ढकालले स्वागत गरेका थिए भने महिला उपाध्यक्ष अमृता अनमोलले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : १९ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको