३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवल माविलाई १० थान ह्वाइट बोर्ड



बुटवल । लायन्स क्लब अफ बुटवल नमस्तेले बुटवल माविलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लबको वार्षिक योजना अनुसार बुधबार एक समारोहका बिच लायन्स डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैजु, डिष्ट्रिक एडभाइसर उमंग देवकोटा, एरिया चिफ जीवन गौतम, रिजन चियरपर्सन एमएल पाण्डे, जोनचियरपर्सन रिता शर्माले बुटवल उपमहानगरपालिका वडा नं १ का सदस्य मदन श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक घनश्याम गौतमलाई ह्वाइट बोर्ड हस्तान्तरण गरिएको हो ।

प्रविधिमैत्री शिक्षामा जोड दिन विद्यालयलाई १० थान ह्वाईट बोर्ड हस्तान्तरण गरेको क्लबका अध्यक्ष कृष्ण पान्डेले बताए । नगरकै महत्त्वपूर्ण स्थलमा रहेको विद्यालयमा अझै पनि चकडस्टरको माध्यमबाट पढाईहुदै आएको देखेर यसमा सुधार ल्याउन शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष उनले बताए ।

कार्यक्रम क्लबका सचिव राजन गौडेलले समयसापेक्ष शिक्षामा प्रविधिको प्रयोगलाई जोड दिने उदेश्यका साथ श्रोत जुटाएर शैक्षिक सामग्री वितरण गरिएको बताए ।

बुटवलकै पुरानोमध्येको एक बुटवल माविको भौतिक र शैक्षिक विकासका लागि स्थानियहरुको पहलमा विगत लामोसमयदेखि विभिन्न कार्यक्रमहरु चलाउदै आएको छ ।

एक विद्यार्थी एक अभिभावक, खानानास्ता कार्यक्रम लगायत चलाएर विद्यार्थीहरुलाई प्रोत्साहन गरिदै आएको विद्यालयका प्रधानाध्यापक घनश्याम गौतमले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : २९ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको