१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दाम्लोले बाँधेर जनता कुट्ने वडाअध्यक्ष प्रहरीबाट पक्राउ



जाजरकोट । दाम्लोले बाँधेर स्थानीय युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका वडा अध्यक्ष रामबहादुर नेपालीलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए ।

‘टाढा भएका कारण इलाका प्रहरीहरु मार्फत ठाँउसारी गर्दै उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको छ’ प्रहरी निरिक्षक पाण्डे भने । प्रहरीका अनुसार प्रहरीले पीडित युवालाई पनि जिल्लामा बोलाएको छ । यद्यपि, पीडितले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने दिएका छैनन् ।

स्थानीयलाई कुटेको भिडियोका आधारमा र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाइने बताईएको छ ।

“हामीले पीडितलाई जाहेरी दिन आग्रह गरेका छौँ, पीडितले जाहेरी नदिएपनि कानुन बमोजिम कारबाही हुन्छ,” उनले भने ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ११ : ४९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान