३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

साउनपछि कोरोना संक्रमितको संख्या घट्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछि कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै जाने अनुमान गरेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्रालयका नीति योजना तथा अनुमगन महाशाका प्रमुख डा. गुणराज लोहनीले यो नयाँ प्रक्षेपणबारे जानकारी गराएका हुन् ।

डा. लोहनीका अनुसार साउनमा ५३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिने मन्त्रालयले गरेको छ । तर, त्यसपछि क्रमशः घट्ने लोहनीले बताए । यो संख्या आगामी मंसिरमा आधाले घट्ने तथ्यांक पनि उनले पेश गरेका छन् ।

लोहनीले संसदीय समितिमा पेश गरेको तथ्यांकअनुसार संक्रमितको संख्या साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ ९७ र कात्तिकमा ३१ हजार ४४ पुग्नेछ । मंसिरसम्म यो तथ्यांक २५ हजार १८३ मा आइपुग्ने पुग्ने प्रतिवेदनमा उल्लेख छ।

उनका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको छ । यीमध्ये ३८ हजार ७७१ जनालाई उपचार सेवा आवश्यक पर्नेछ उनले बताएका छन् । ९ हजार ६ ९३ जनालाई भने आइसीयू उपचारको आवश्यकता पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १ : ०३ बजे

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम