१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कोरोना नियन्त्रण प्रभावकारी बनाउन निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई १ साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् ।

कोरोना संक्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको ३ करोड थान मास्क वितरण गर्न पनि उनले निर्देशन दिए । आमनागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले खोप पाउनुपर्ने उनले बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो उद्घोष नै नागरिकलाई खोप रहेको हुँदा त्यसलाई पूरा गराउनु हामी सबैको दायित्व हो,’ उनले भने ।

मन्त्री खाँणले नेपाल प्रवेश गर्ने नाकाहरूमा खोप व्यवस्थापन गर्न र चैतसम्म सबै नेपाली र नेपाललाई खोपयुक्त बनाउने अभियान सफल बनाउन निर्देशन दिए ।

कोरोना महामारी नियन्त्रण र न्यूनीकरण कार्यमा संलग्न उच्च पदाधिकारीसँग शुुक्रवार मन्त्रालयमा गरिएको अन्तक्र्रियामा उनले कोरोना नियन्त्रण तथा रोकथाममा के गर्ने, कसरी गर्ने भनेर सबै पक्षले तत्कालै त्यसको रूपरेखा प्रस्तुत गर्न निर्देशन दिएको गृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए ।

त्यस्तो रूपरेखा शनिवारको बैठकमा पेश गर्न गृहमन्त्रीले निर्देशन दिएका उनले जानकारी दिए । कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रमुख भए पनि गृह मन्त्रालयले त्यसमा कसरी काम गर्न सक्छ भन्ने तयारी गर्न समेत गृहमन्त्री खाँणले निर्देशन दिएका थिए । नागरिक स्तरमा मास्कको प्रयोग पर्याप्त नभएकाले कोरोनाबाट जोगिन मास्क उपयोगी रहेको उल्लेख गर्दै उनले सय वर्षअघि नै मास्कको कल्पना गरिएकाले मास्कको भरोसा गरी उपयोगमा जोड दिन अनुरोध गरे ।

विदेशबाट आउने नागरिकका लागि होटलमा क्वारेन्टाइन बनाइएको तर होटल खाली भएको भन्दै उनले असन्तुष्टि जनाएका थिए । वैदशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने भएकाले निगरानी बढाउन आवश्यक रहेको बताउँदै उनले नाकामा चेकजाँच गर्ने बलियो संयन्त्र बनाउन निर्देशन दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले लेखेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ३१ बजे

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर