३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोना नियन्त्रण प्रभावकारी बनाउन निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई १ साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् ।

कोरोना संक्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको ३ करोड थान मास्क वितरण गर्न पनि उनले निर्देशन दिए । आमनागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले खोप पाउनुपर्ने उनले बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो उद्घोष नै नागरिकलाई खोप रहेको हुँदा त्यसलाई पूरा गराउनु हामी सबैको दायित्व हो,’ उनले भने ।

मन्त्री खाँणले नेपाल प्रवेश गर्ने नाकाहरूमा खोप व्यवस्थापन गर्न र चैतसम्म सबै नेपाली र नेपाललाई खोपयुक्त बनाउने अभियान सफल बनाउन निर्देशन दिए ।

कोरोना महामारी नियन्त्रण र न्यूनीकरण कार्यमा संलग्न उच्च पदाधिकारीसँग शुुक्रवार मन्त्रालयमा गरिएको अन्तक्र्रियामा उनले कोरोना नियन्त्रण तथा रोकथाममा के गर्ने, कसरी गर्ने भनेर सबै पक्षले तत्कालै त्यसको रूपरेखा प्रस्तुत गर्न निर्देशन दिएको गृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए ।

त्यस्तो रूपरेखा शनिवारको बैठकमा पेश गर्न गृहमन्त्रीले निर्देशन दिएका उनले जानकारी दिए । कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रमुख भए पनि गृह मन्त्रालयले त्यसमा कसरी काम गर्न सक्छ भन्ने तयारी गर्न समेत गृहमन्त्री खाँणले निर्देशन दिएका थिए । नागरिक स्तरमा मास्कको प्रयोग पर्याप्त नभएकाले कोरोनाबाट जोगिन मास्क उपयोगी रहेको उल्लेख गर्दै उनले सय वर्षअघि नै मास्कको कल्पना गरिएकाले मास्कको भरोसा गरी उपयोगमा जोड दिन अनुरोध गरे ।

विदेशबाट आउने नागरिकका लागि होटलमा क्वारेन्टाइन बनाइएको तर होटल खाली भएको भन्दै उनले असन्तुष्टि जनाएका थिए । वैदशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने भएकाले निगरानी बढाउन आवश्यक रहेको बताउँदै उनले नाकामा चेकजाँच गर्ने बलियो संयन्त्र बनाउन निर्देशन दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले लेखेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ३१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका