२६ बैशाख २०८१, बुधबार | May 9, 2024

अन्तर्राष्ट्रिय गुणस्तरयुक्त भएर पनि ‘एनएस चिन्ह’ नपाएको एउटा नेपाली ब्राण्ड – यति हेल्मेट



बुटवल । लगानी गर्ने मन छ, लगानी गर्ने पैसा पनि छ र सीप जाँगर अनि जनशक्ति पनि छ । तर आफ्नै देशका उद्योगहरुलाई अन्तराष्ट्रिय मापदण्डको बनाउन सक्ने सरकारसँग नीति छैन । गुणस्तरमा, सुन्दरतामा र लागतमा अन्तरराष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्न सकेपनि राज्यसँग त्यस्ता उद्योगहरुलाई प्रोत्साहित गर्ने नीति नियम नहुँदा उद्यागीहरु निरास बन्ने गरेका छन् ।

सरकारसँग स्वदेशी उत्पादनको गुणस्तरीयता मापन गरी गुणस्तरीयताको प्रमाण दिने विधि भए पनि त्यसको प्रशासकीय र व्यवहारिक कार्यान्वयनको पाटो दिग्दारलाग्दो छ । जसका कारण अन्तरराष्ट्रिय गुणस्तर भन्दा स्तरीय उत्पादन गरेर पनि स्थानीय उत्पादन कै नाममा खुम्चिन बाध्य भएको एउटा उद्योग बनेको छ – यति हेल्मेट उद्योग ।

नेपाली पहिचानसहित यतिको नामबाट हेलमेट र मोटरसाईकलमा लाग्ने विभिन्न पार्टसहरुको उत्पादन गर्दै आएका छन् बुटवलका उद्योगी महेश थैव । आफ्नो उद्योगबाट उत्पादित सामाग्रीको गुणस्तर मापन गरेर नेपाल गुणस्तर चिन्ह माग्न सरकारी निकायमा धाएको निकै दिन भईसक्यो ।

उद्योगी थैवले आफ्नो उद्योगबाट उत्पादित हेलमेट तथा मोटरसाईकलमा लाग्ने अन्य पार्टसहरुको गुणस्तर मापन गरी नेपाल गुणस्तर चिन्ह माग्न गुणस्तर तथा नापतौल विभागमा निवेदन दिएको झण्डै १ वर्ष बढी भयो । उत्पादित सामाग्रीको नमुना, उत्पादनको विधि, गुणस्तरीयताको परीक्षण प्रमाणसहित विभागमा निवेदन दिए पनि विभागले अहिले सम्म उनको उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छैन । कारण हो, सरकारसँग हेलमेट, मोटरसाईकलका पार्टसहरुको उत्पादनको गुणस्तरीयता मापन गर्ने र त्यसको प्रमाण दिने विधि र कानून नै छैन । अन्तरराष्ट्रिय उत्पादनहरुमा आईएसओ, युएसओ जस्ता गुणस्तरका चिन्हहरु अंकित उत्पादनहरु देख्दा उद्योगी थैवलाई आफ्नै देशको गुणस्तर चिन्ह उत्पादनमा लगाउन मन भएर पनि राज्यले अहिलेसम्म थैवका उद्योगबाट उत्पादन हुने यस्ता उत्पादनलाई गुणस्तर चिन्ह दिएको छैन् ।

अन्तरराष्ट्रिय बजारका नाम चलेका उद्योगबाट उत्पादित हेलमेट र लेगगार्डसँग बुटवलको यतिका उत्पादनहरुले गुणस्तरमा सजिलै प्रतिस्पर्धा गर्न सक्ने भएपनि त्यसको प्रमाणिकरण हुन नसकेको उद्योगी थैवको गुनासो छ । ‘मन त छ नि मेरा उत्पादनमा पनि नेपाल गणस्तर चिन्ह ‘एनएस मार्क’ लागोस्, तर के गर्ने ? सरकारसँग मापदण्ड र विधि नै छैन’, उनी गुनासो गर्छन् ।

हरेक दिन बढ्दो शहारीकणका कारण पछिल्लो समयमा शहरका र नजिकका गन्तव्यहरुमा सजिलै पुग्न सकिने सवारी साधन बनेको छ मोटरसाईकल । सहि समयमा गन्तव्य पुग्नु छ भने बाईकको यात्रा नै छरितो पनि हुने गरेको छ शहरमा । यस्तो अवस्थामा दुई पाङ्ग्रे सवारी नै उपयुक्त साधनका रुपमा लिइन्छ । छिटो र छरिटो सवारी साधन भएर पनि मोटरसाईकल सुरक्षित यात्रा गर्नु कम चुनौती छैन । दुई पाग्रे सवारी लक्षित गरी आवास ग्रुप अन्तरगत मयुर स्टिल ईण्ड्रष्ट्रिजले यति ब्राण्डका हेल्मेट, ले–गार्डसहित एक दर्जन बढी आईटमहरु उत्पादन गर्दै आएको छ । बुटवलमा उत्पादन हुने थैवका उद्योगमा उत्पादित हेल्मेट, ले–गार्डसहितका सामान अन्तरराष्ट्रिय कम्पनीका भन्दा बढी नै गुणस्तरका छन् । तर ती उत्पादनमा एनएस चिन्ह छैन ।

दुई पाग्रे सवारी युवाको रोजाईमा पर्ने भएकाले र नेपालमा दिन दुईगुणा रात चार गुणाका दरले बाईक किन्नेको संख्या बढेको पाईन्छ । नेपालमा लाखौंको संख्यामा नागरिकहरु बाइक चढ्ने भएपनि उनीहरु बाईक त बिदेशी नै चढ्छन् नै, तर बाईक बाहेक आत्मरक्षाका लागि आवश्यक सामग्रीहरु पनि विदेशी नै प्रयोग गर्ने गर्दछन् । नेपालमै बाइक उत्पादन भई नहाले पनि सुरक्षित यात्राको सुनिश्चितताका लागि आफुले हेलमेट, लेकगार्ड जस्ता सामाग्री उत्पादन गरेको थैव बताउँछन् । बिदेशी गुणस्तरहीन हेलमेट प्रयोगका कारण धेरै युवाको ज्यान गएको देखेपछि गुणस्तरीय र आकर्षक हेलमेट र अन्य सामाग्री नेपाल मै किन उत्पादन नगर्ने त ? यही सोच आएपछि थैवले डेढवर्ष अगाडि हेलमेट उद्योग स्थापना गरे । समान्यतया नेपाली उद्योगहरुमा सबै पार्टपुर्जाहरु विदेशबाट आयात गर्ने र नेपालमा जोडजाड गरेर नेपालमा बनेको लेख्ने गरिएपनि मुयुर स्टिल उद्योगमा भने हेलमेटको डाईदेखि त्यसमा लग्ने सबै सामाग्रीहरु उद्योग भित्रै बन्ने गरेको छ । रबर्ड र फाईबरको कच्चा पदार्थ दानाबाहेक अन्य सबै पार्टपुर्जाहरु उद्योग भित्रै बन्ने गरेको छ ।

एसेम्बल विधिबाट जोडजाड गर्ने अनि ‘मेड ईन नेपाल’ लेखेर उद्योगको विकास नहुने तर्क छ उद्योगी महेश थैवको । कच्चा पदार्थदेखि त्यसमा लाग्ने सानासाना सामाग्रीहरु पनि उद्योग भित्रै बन्ने भएको कारण गुणस्तरको ग्यारेण्टी उद्योगले दिने सक्ने दाबी छ उद्योगी थैवको ।

पछिल्लोसमय एक दर्जन बढी सवारीका पार्टसहरु पनि थैवको उद्योगमा उत्पादन हुने गरेका छन् । २०७५ मा लेगार्ड उत्पादन शुरु गरेको आवास ग्रुपले पछिल्लो दुई वर्षमा आठ प्रकारका मोडलमा हेल्मेट उत्पादन गर्दै आएको छ । नेपालको पहिचान दिन उनले हेल्मेटमा डाँफे र यती ब्राण्डको पहिचान दिए । अहिले बजारमा यति ब्राण्डको हेल्मेट पठाए पनि डाँफे पनि थैवले ट्रेडमार्क दर्ता गरेर राखेका छन् । ‘नेपाली पहिचान स्थापित गराउन यति र डाँफे नामाकरण गरियो’, उनले भने ।

नाम अनुसार नै हेल्मेट टिकाउ र गुणस्तरीय भएको उनको दाबी छ । ‘यो नफुट्ने हेल्मेट हो’– उनले भने । ‘सवारी महगो किन्ने तर सस्तो हेल्मेटमा हिडेको बेला दुर्घटनामा टाउकोमा चोट लाग्न सक्ने सम्भावना हुन्छ ।’ सस्तोभन्दा पनि थोरै मुल्य बढी हालेर गुणस्तरीय हेल्मेट किन्न उनको सुझाव छ । मयुर स्टिलले अहिले तीन मोडलका फुल फेस र पाच मोडलमा हाफ फेसका गरी ८ प्रकारका हेल्मेटहरु उत्पादन गरिरहेको छ । प्रतिदिन १ हजार थान हेल्मेट उत्पादन हुँदै आएको उद्योगमा अब प्रतिदिन १ हजार ५ सय थान उत्पादन गर्ने थैवको लक्ष्य छ । ‘दशैमा नयाँ २ प्रकारका हेल्मेट लन्चको तयारी गरेका छौ ।’– उनले भने । नयाँ मोडेलका हेल्मेटमा नेपालको पहिचान झल्काउने गरी विभिन्न देवताहरुको फोटाहरु र डिजाईन गरिएको उनले बताए ।

हाल उद्योगमा २०० बढी स्थानीय र ५० बढी अन्यत्रका दक्ष जनशक्तिले रोजगारी पाएका छन् । करीब २५ करोड लागतमा जडान गरिएको फैक्ट्रीमा दुई पाग्रे सवारीका ले–गार्ड र हेल्मेटमात्र नभई अन्य विभिन्न आईटमहरु उत्पादन हुँदै आएको छ । यसैगरी हेडलाईट शो, टङ्की कभर, मोटरगार्ड, साईड प्यानल, सेल प्यानल, स्कुटीको फ्रन्ट कभर, साइड कभर, ब्याक लाईट शो, हेड शो भाइजर गरी एकदर्जन बढी आईटम उत्पादन गर्दै आएको थैवले जानकारी दिए । अधिकांश उत्पादनहरु मोटरसाईकलका कम्पनीहरु र नेशनल सोल आयातकर्ताहरुले एकमुष्ट खरिद गरेर लैजाने गरेकाले उपभोक्ताहरुसँग सिधै सम्पर्क नहुने गरेको उनले बताए । मोटरसाईकलका पार्टस्बाट राम्रो सफलता हासिल गरेपछि हालै उनले ट्रेक्टरको हुट पनि आफ्नै उद्योगमा बनाउन थालेका छन् । कम्पनीबाट हुटबेगर ट्रेक्टर आयात भए पनि कम्पनीले उद्योगबाट हेट किनेर लगाएर उपभोक्तालाई बेच्ने गरेको उद्योगी थैव बताउँछन् ।

 

फाेटाे/भिडीयो : दिनेश कुमार श्रेष्ठ

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १२ : २० बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s