१ पुस २०८२, मंगलबार | December 16, 2025

दार्चुलामा स्क्रब टाइफसका बिरामी बढ्न थाले



दार्चुला । जिल्लामा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पताल अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ । मालिकार्जुन र व्यास गाउँपालिकामा एक एक र महाकाली नगरपालिकाका छ मा रोगको लक्षण देखिएको सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।

उपचारका लागि पुगेका व्यक्तिको आरडिटी जाँच गर्दा स्क्रबटाइफसको लक्षण देखिएको उनले बताए । गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो ।

चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । गत वर्ष देखिएकामध्ये २५ महिला थिए ।

महिला पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा महिला घाँस तथा स्याउला सोत्तर गर्ने भएका कारण पुरुषभन्दा बढी महिला स्क्रबटाइफसको जोखिममा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज