३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

हुम्लामा पहिलोपटक बन्यो पक्की घाट



हुम्ला । हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो ।

नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो ।

कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताए । ठेहे, सिमकोटलगायत गाउँबाट शव बोकेर घाटसम्म पुग्न दुई÷तीन घण्टा लाग्ने गरेको भए पनि पानीको बहाव बढ्दा नदी किनारमा जलाउन कठिन भइरहेका बेला घाट निर्माणले सजिलो बनाएको उनले बताए ।

गत वर्ष घाट नहुँदा एक मलामीको अस्थायी ढुङ्गाको घाट बनाउने क्रममा झण्डै ज्यान जोखिममा परेको उनले बताए । पक्की शव जलाउने घाट बनेपछि मलामीलाई शव जलाउन सहज भएको छ ।

वर्षामा नदीमा पानीको बहाव बढ्दा शव जलाउन कठिन हुने देखिएकै कारण नयाँ घाटको निर्माण गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । खार्पुमा तीनवटा पक्की घाट निर्माण गरिएका कारण अब मलामीलाई सजिलो हुने अध्यक्ष रावलले बताए। यी घाट सिमकोट र खार्पुनाथ गाउँपालिका–११ वटा गाउँबाट लगिने शव जलाउन सहज भएको छ । नदी किनारमै अस्थायी घाट बनाएर शव जलाउँदा मलामीलाई जोखिम देखिएको र शवलाई व्यवस्थित गरेर जलाउन नयाँ पक्की घाट निर्माण गरिएको बताइएको छ ।

घाट निर्माण गरेर प्रयोगमा आएसँगै यसअघि नदीको तीरमा हावा लाग्ने तथा शव राम्रोसँग नजलेरै नदीमा फाल्नुपर्ने बाध्यताबाट अब मलामीले मुक्ति पाउने विश्वास गरिएको छ । घाट निर्माण र नदीमा तटबन्धन गर्नका लागि कर्णाली प्रदेशसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने (ख) नम्बर क्षेत्रका सदस्य जीवनबहादुर शाहीले प्रदेश पूर्वाधार विशेष कार्यक्रमबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर खर्च गरिएको हो । यसका लागि खार्पुनाथ गाउँपालिकाले समन्वय गरेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ५५ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको