१४ चैत्र २०८२, शनिबार | March 29, 2026

टिचिङ अस्पतालका उडुस, उपियाँ मार्न टेन्डर



काठमाडौं । मुसा, उडुस, उपियाँ, साङ्ला मार्न त्रिवि शिक्षण अस्पतालले टेन्डर आव्हान गरेको छ । जब कि यो अस्पताल स्वास्थ्य सेवामा उतकृष्टताको नमुना (सेन्टर अफ एक्सिलेन्स) को बाटोमा अग्रसर छ ।

तर, विभिन्न विभागरशाखारवार्डरओपीडि, युनिटलायगत स्थानमा मुसालगायत नियन्त्रण गर्नुपर्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ । अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक एंव वरिष्ठ छातिरोग विशेषज्ञ डा. सन्तकुमार दासले मेसिनका औजार, तारहरु काटेर मुसाले दुख दिने गरेको बताए ।

बिरामीको उपचार गरिने वार्डमै गएर मुसा छिर्यो भने त गाह्रो हुन्छ । मनिटरलगायत मेसिनका तारहरु काट्ने गर्छ डा. दासले भने । यसरी कीरा मार्ने काम हरेक वर्ष हुने गरेको डा. दासले बताए ।

सम्बन्धित विषयमा इजाजत प्राप्त इच्छुक दर्तावाला फर्मबाट मासिक रुपमा के कति दरदरेटमा उक्त कार्य गर्न सक्ने हो। सोको गोप्य सिलबन्दी प्रस्ताव १५ (पन्ध्र) दिनभित्र बुझाउन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ, सूचनामा लेखिएको छ । यो सूचना गोरखापत्र दैनिकमा प्रकाशन गरिएको छ ।

मुसाले भेन्टिलेटर, वायरिङ, सर्भरको तार काटेर दुख दिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले बताए । ‘कीरा मार्न, केही व्यक्तिलाई बोलाए जसरी काम गर्न मन लागेन’, निर्देशक काफ्लेले भने, ‘प्रतिस्पर्धा र पारदर्शिता होस् भनेर पहिलो पटक सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरेका हौं ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : १३ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको