५ पुस २०८२, शनिबार | December 20, 2025

रूरू मिलन केन्द्रको स्थापना दिवसको अवसरमा पिडित सिसमलाइ ४० हजार ५ सय आर्थिक सहयोग



बुटवल । रूरू मिलन केन्द्र नेपालले पांचौ स्थापना दिवस मनाएको छ ।

केन्द्रले मृगौला रोगबाट ग्रसित २३ वर्षीया एक युवतीलाई नगद सहयोग गर्दै स्थापना दिवस मनाएको हो ।

गुल्मी रुरुक्षेत्र वडा नम्बर ३ निवासी बिष्णु ज्ञवाली र शिला ज्ञवालीकी मृगौला रोग पिडित २३ वर्षीया छोरी सिसम ज्ञवालीको उपचारमा सहयोग पुर्याउनका लागि चालिस हजार पाँच सय आर्थिक सहयोग गरेर रूरू मिलन केन्द्रले पांचौ स्थापना दिवस मनाएको अध्यक्ष जमुना सुबेदीले बताइन ।

बुटवलमा एक कार्यक्रमका बिच बिरामीको आमा, काका र बैनिलाइ सो रकम हस्तान्तरण गरिएको हो । केन्द्रको स्थापनादेखि नै सेवामुखी कार्यलाई निरन्तरता दिदै अगाडि बढिरहेको सचिव अनुपमा श्रेष्ठले बताइन ।

सो सहयोग रकम समाजका पदाधिकारी, सल्लाहकार, सदस्यहरुले नै उठाएर बिरामीलाइ दिइएको रुरु मिलन केन्द्र नेपाल रुपन्देहीले जनाएको छ ।

मृगौला पिडित ज्ञवाली परिवारले आर्थिक सहयोगको याचना समेत गरेका छन् उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतामा उपचार भैरहेको छ ।

सहयोग गर्न चाहनुभएमा सिसनको नाममा रहेको तिनाउ मिसन बैंकको खाता न ००४०००१७७०१ एन मा जम्मा गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १० : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको