१५ चैत्र २०८२, आइतबार | March 29, 2026

अरेबियन तुर्किस कफिसंगै कोदोको डोसा, युवा लक्षित डोसा एक्सप्रेसो अब बुटवल चौराहामा



बुटवल । सामान्यतया विदेशी मेशिनबाट बनेका अमेरिकानो र एक्स्प्रेसो कफि धेरैले पिउने गर्दछन । तर नेपालमा पहिलोपटक नया ढंगबाट बालुवामा पकाईएको कफि बुटवलमा शुरुवात गरिएको छ । साउथ ईण्डियन परिकार पारखीहरुलाई लक्षित गरि रुपन्देहीमा डोसा एक्सप्रेसो खुलेको छ ।

अरेबियनहरुमाझ निक्कै लोकप्रिय मानिएको बालुवामा पाक्ने तुर्किस कफि लामो समय होटलमा काम गरेका युवा शंकर शर्मा र बुटवलमा बासिस्टा खोलेका सिद्धार्थ शर्माको जोडीले नेपालमै पहिलोपटक बुटवलमा भित्राएका हुन ।

चेन्नईमा ३ वर्ष र दिल्लीमा समेत लामोसमय होटलमा काम गरेका युवा शंकर शर्मा र बुटवलमा बासिस्टा खोलेका सिद्धार्थ शर्माको जोडीले बुटवलका उपभोक्ताको चाहानालाई मध्यनजर राख्दै नया सेवा शुरु गरेका हुन् । भाँडामा बालुवा पकाएर त्यसमा तर्किस कफमा बिन्स हालेर पकाउदा स्वाद नै बेग्लै हुने संचालक सिद्धार्थ शर्माले बताए ।

विदेशबाट नै स्पेशल तुर्किस भाडा मगाएको जनाउँदै उनले कफिलाई मटकामा पस्केर ग्रहाकलाई दिईने जानकारी दिए । यसैगरि साउथ ईण्डियन डोसालाई नेपाली कच्चा पदार्थसंग मिश्रण गरेर कोदो, फापरको डोसासंग नरिवल, पिनट, मिन्ट मिश्रणको चटनी र सावरको स्वाद पेश गरिएको उनले बताए। बिरियानी, चिज बल, पिज्जा, वर्गर, स्याडिच, चेन्नई चिकन पकौडा, लगायतका परिकार समेत तयार गरिने उनले बताए ।

स्वदेशमा नै सेवा उद्योगमार्फत अगाडि बढ्ने लक्ष्यसहित शुरु भएको रेष्टुरेन्टमा डोसा र कफि स्पेशल डिसकारुपमा राखिएको छ । चेन्नईको मुख्य परिकारका रुपमा मानिने डोसाको वास्तविक स्वाद आफ्नो रेष्टुरेन्टमा मिल्ने उनले दाबी गरे। अजिनामोटा हालेका स्वस्थ्यका लागि हानिकार हुने कुनै पनि खाना तयार नगर्ने समेत उनले बताए। शर्माका अनुसार रेष्टुरेन्टमा स्वदेशी लोकल कच्चा पदार्थहरु कोदो, फापर, मकै र चामल पिठोको २० प्रकारका डोसा र अर्गानिक बिन प्रयोग गरेर कफि बनाईने छ ।

रेष्टुरेन्टलाई नन स्मोकिङ जोन र फेमिलि लक्षित गरिएको छ। आकर्षण सजावटसहित शुरु गरिएको रेष्टुरेन्टमा १५ लाख खर्च भएको उनले बताए । जहाँ २ जना संचालक सहित अन्य ४ जनाले रोजगार पाएका छन ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  १० : ११ बजे

साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा ५ हजारको उकालो

काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य साताको पहिलो

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ