१४ चैत्र २०८२, शनिबार | March 28, 2026

माधव नेपालपक्षका निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त



काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा माधवकुमार नेपाल निकट निरञ्जन झालाई नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी एमाले (समाजवादी)का युवा नेता तथा नेपाल पक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका झालाई महाप्रवन्धक नियुक्त गरेको हो । उनी सप्तरीको राजविराज नगरपालिका-१ निवासी हुन ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेको महाप्रबन्धक गुरु भट्टराईलाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका थिए । भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

नेता नेपालले एमाले (समाजवादी) गठन गर्न निर्वाचन आयोगमा निवेदन दिएसँगै सरकारले उनी पक्षकालाई राजनीतिक नियुक्ति दिन थालेको छ ।

बिहीबारकै मन्त्रिपरिषदले नेता नेपालनिकट यादवचन्द्र शर्मालाई बागमती प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ८ : २८ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको