१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुन्छः मुख्यमन्त्री शाही



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुने बताएका छन् ।

‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा शुक्रबार मुख्यमन्त्री शाहीले शुभकामना सन्देश दिँदै प्रदेश प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने चार शहीदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको बताएका छन् ।

“सङ्घीय व्यवस्था स्थापनाका लागि दशकौँदेखि सशस्त्र एवं निशस्त्ररुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण सङ्घर्षको पृष्ठभूमिमा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तिका लागि बलिदानीपूर्ण सङ्घर्ष गरे”, शाहीले भनेका छन्, “सङ्घीय संरचना निर्माणका क्रममा हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी भएको निर्णयको विरोध एवं कर्णाली प्रदेशवासीको छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित दुईसाता चलेको जनआन्दोलन र चारजना वीरशहीदको बलिदानपश्चात् कर्णाली प्रदेश स्थापना भएको थियो ।”

साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारले आजकै दिन वीरगति प्राप्त गरेका थिए । प्रदेश प्राप्तिको आन्दोलनमा अग्रमोर्चामा रहेर लड्दै गर्दा शहादत प्राप्त गर्ने महान् शहीदप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनले सन्देशमा आन्दोलनमा घाइते भएका योद्धाप्रति उच्च सम्मानसहित स्वास्थ्यलाभको कामना गर्नुका साथै आन्दोलनमा सरिक आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले सङ्घीयता विरोधी षडयन्त्रकाविरुद्ध निरन्तर खबरदारी गर्न सबैमा आग्रह गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।

उनका अनुसार ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को ऐतिहासिक दिनलाई भव्यरुपमा मनाउने सोच भए पनि कोरोना महामारीको सङ्कटले औपचारिक कार्यक्रम गर्ने अवस्था रहेन यद्यपि दिवसको अवसरमा प्रदेश सरकारले आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिको लागि सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को अभियानमा एकताबद्ध भई अगाडि बढ्न यो दिवसले समस्त कर्णालीवासीमा थप प्रेरणा दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १ : ३० बजे

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक