६ श्रावण २०८३, बुधबार | July 23, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै प्रदेशसभाबाट विश्वासको मत लिंदै, अवरोध भए मार्शल लगाउने तयारी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।

केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएपनि आज मार्सल लगाएर भएपनि विश्वासको मत लिने तयारी भएको बताईएको छ ।

माओवादी केन्द्रका सांसद सुदर्शन बरालले आजै विश्वासको मत लिने तयारी रहेको बताए । उनले भने, ‘अबको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छौँ ।’ प्रदेशसभाले सबै तयारी पूरा गरेको स्रोतले दाबी गरेको छ । अहिले सत्तारुढ गठबन्धनको संसदीय दलको बैठक जारी छ ।

एमाले सांसद बैजनाथ चौधरीले विश्वासको मत लिने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘बैठक अवरुद्ध भएपछि आधा घण्टाको लागि स्थगित भएको छ हामीलाई वार्ताका लागि पनि बोलाइएको छैन । यो बारे हामीलाई जानकारी छैन ।

यसअघि दुइ वटा बैठक अबरुद्व गरको एमालेले आज १ बजे बोलाइएको बैठक सुरु हुनासाथ नारबाजी गर्दै रोष्टम घेरेपछि छलफल र सहमतीको प्रयासकालागि भन्दै साढे २ बजे सम्मका लागि स्थगित गरीएको थियो ।

अब केही बेरमा सुरु हुने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी छ । एमालेले फेरी पनि सदन अवरुद्व गर्ने बताइरहेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ३ : २२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क