१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै प्रदेशसभाबाट विश्वासको मत लिंदै, अवरोध भए मार्शल लगाउने तयारी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।

केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएपनि आज मार्सल लगाएर भएपनि विश्वासको मत लिने तयारी भएको बताईएको छ ।

माओवादी केन्द्रका सांसद सुदर्शन बरालले आजै विश्वासको मत लिने तयारी रहेको बताए । उनले भने, ‘अबको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छौँ ।’ प्रदेशसभाले सबै तयारी पूरा गरेको स्रोतले दाबी गरेको छ । अहिले सत्तारुढ गठबन्धनको संसदीय दलको बैठक जारी छ ।

एमाले सांसद बैजनाथ चौधरीले विश्वासको मत लिने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘बैठक अवरुद्ध भएपछि आधा घण्टाको लागि स्थगित भएको छ हामीलाई वार्ताका लागि पनि बोलाइएको छैन । यो बारे हामीलाई जानकारी छैन ।

यसअघि दुइ वटा बैठक अबरुद्व गरको एमालेले आज १ बजे बोलाइएको बैठक सुरु हुनासाथ नारबाजी गर्दै रोष्टम घेरेपछि छलफल र सहमतीको प्रयासकालागि भन्दै साढे २ बजे सम्मका लागि स्थगित गरीएको थियो ।

अब केही बेरमा सुरु हुने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी छ । एमालेले फेरी पनि सदन अवरुद्व गर्ने बताइरहेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ३ : २२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान