१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कैदीबन्दीलाई बारबर्दिया नगरपालिकाले दियो अत्यावश्यक सामाग्री



बर्दिया । बर्दिया कारागारमा रहेका कैदीबन्दीहरुको लागि बारबर्दिया नगरपालिकाले विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । बारबर्दिया नगरपालिकाका कैदीबन्दीहरुले बारबर्दिया नगरपालिकालाई केही समय अगाडि कारागार भित्र विभिन्न समाग्रीहरुको अभावभएको भन्दै पत्र लेखेका थिए । पत्रमा मागभएअनुसारको सामाग्री नगरपालिकाले कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो ।

नगरपालिकाका अनुसार बर्दिया कारागारमा पाँच सय लिटरका एक थान ट्याङ्की, झाडु, फिनेल, हार्पिक ४०÷४० थान, ३२ इन्च टिभि एक थान, उपन्यास १६ थान हस्तान्तरण गरेको छ । त्यसैगरी कैदीबन्दीबाट मागभएका ३ सेट ट्युववेल, एक सय मिटर कार्पेट, किताव लगाएतका सामाग्रीहरु तत्कालै हस्तान्तरण गरीने बारबर्दिया नगरपालिकाले जनाएको छ । कारागारको अवलोकन पश्चात् बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारुले कैदीबन्दीको आवश्यक्ताको आधारमा अरु सामाग्रीहरु हस्तान्तरण गरीने बताउनु भयो ।

बर्दिया कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी हुँदा बसाई अस्तव्यस्त रहेको छ । महिला र पुरुष गरी एक सय २५ जनाको क्षमता भएको बर्दिया कारागारमा ३ सय ५३ जना रहेका छन् । जसमा पुरुष ३ सय १६,महिला ३४ र नावालक २ जना रहेका छन् । कारागारका कोठा साना भएको कारणले कैदीबन्दीलाई साँगुरो स्थानमा भुईमा सुत्नु पर्ने बाध्यता रहेको छ ।

कारागारका कैदीबन्दीले आफुहरुको समस्या समाधानका लागि आआफ्नो पालिकामा कारर्पेट, सरसफाई सामाग्री लगाएतको माग राख्दै पत्र लेखेका थिए । सोही अनुरुप बारबर्दिया नगरपालिकाले सामाग्री हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  १० : ४८ बजे

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित

नेवाः पुच बाँकेले नेपालगन्जमा गाईजात्रा मनाउने

नेपालगन्ज । बाँकेका नेवाः समुदायले यस वर्षपनि गाईजात्रा (सापारु) पर्व

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

काठमाडौँ-तराई द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट