३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाल संगठन रुपन्देहीद्वारा चित्रकला, गीत तथा कविता बाचन प्रतियोगिता



बुटवल । नेपाल बाल संगठन रुपन्देहीले राष्ट्रिय बाल दिवसको अवसरमा चित्रकला, बाल गीत तथा कविता बाचन प्रतियोगिताआयोजना गर्ने भएको छ ।

हरेक वर्षको भदौं २९ गते मनाइने बाल दिवसलाई लक्षित गरि जिल्लाका विद्यालय तथा बालबालिकाहरुको सहभागितारहने गरि भाद्र १८ गते प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुटवलको बालमन्दिरमा आयोजना गरिने प्रतियोगितामा सहभागिताका लागि जिल्लाका सबै विद्यालयहरुलाई पत्राचार भइसकेको कार्यक्रम संयोजक अञ्जु श्रेष्ठले जानकारी दिइन ।

कक्षा एकदेखि ६ सम्म र कक्षा सातदेखि १० सम्मका विद्यार्थीहरुलाई दुई तहमा वर्गीकरण गरि आयोजना गरिने प्रतियोगिताको विजेतालाई नगद ८ हजार, उप विजेतालाई ५ हजार तथा तृतीय हुनेलाई ३ हजार पुरस्कार राशी राखिएको संस्थाकी कल्पना पाडे मगरले जानकारी गराइन् । सहभागिताका लागि २ हजार प्रवेश शुल्क राखिएको प्रतियोगिता सम्पन्न गर्न २ लाख बढी खर्च अनुमा गरिएको छ ।

वि.स. २०२१ सालमा स्थापना भएको बाल संगठनले अनाथ असाहय बालबालिकाहरुलाई निशुल्क रुपमा शिक्षा दिनुका साथै राहतका कार्यक्रमहरु समेत गर्दै आएको छ । बालबालिकाको अन्तर्निहित सुषुप्त प्रतिभालाई प्रस्फुटन गराई सुयोग्य र सक्ष्म नागरिक बनाउने उद्देश्यबाट प्रेरित भई संगठनले काम गरिरहेको संगठनका रुपन्देही अध्यक्ष साजन भण्डारीले बताए ।

प्रतियोगिता बारे जानकारी गराउन शनिबार बुटवलको बालमन्दिरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संगठनका क्रियाकलापहरुमा थप सक्रिय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । संगठनको वि.स. २०४९ सालमा निर्माण भएको विधानलाई नै टेकेर क्रियाकलापहरु सञ्चालन गर्दा केही असहज भएको गुनासो गर्दै उनले परिमार्जनको आवश्यकतामा जोड दिए ।

नेपालका ७७ वटै जिल्लामा रहेको यश संगठनले सरकारको मातहतमा रहे पनि आफ्नै कोष परिचालन गरि कार्यक्रमहरु गर्दै आएको छ । बुटवलमा रहेको बालमन्दीरमा हाल ३२ जना वेसहरा बालबालिकाहरुले अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ८ : ३६ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको