७ श्रावण २०८३, बिहिबार | July 23, 2026

दुई गाउँ अझै ‘श्री ५’ कै नाममा



काठमाडौं । मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ । पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनी ‘श्री ५ को वायुगुठी’ अंकित छ । पुस्तौंदेखि किसानले खेती गर्छन्, कर तिर्छन् । तर, स्वामित्व भने अझै पाएका छैनन् ।

गोरखाको आरुघाट गाउँपालिका-३ र ४ (पुरानो थुमी गाविस) र धादिङको नेत्रावती गाउँपालिका र नीलकण्ठ नगरपालिकाका कटुञ्जे र ज्यामरुङका जग्गाजमिनको स्वामित्व ‘श्री ५ को वायुगुठी’ मा रहेको स्थानीयवासी बताउँछन् ।

राजसंस्था र श्री ५ नै अस्तित्वमा नरहेको अवस्थामा दूरदराजका किसानलाई ‘श्री ५ को अल्झो’ मा राख्नु न्यायपूर्ण नहुने अगुवा किसानहरूको भनाइ छ ।

गोरखाको पुरानो थुमी गाविसका ७ सय ४९ जना किसानले आवादी गरेका खेतबारी र घरघडेरी श्री ५ को वायुगुठीको नाममा छ । ७३ जना किसानको मात्र आफ्नो नाममा लालपुर्जा रहेको मालपोत कार्यालयको तथ्यांकमा उल्लेख छ ।

आर्खेत बजार र ढुंगेफाँटका दुई बस्ती अझै पनि ज्यामरुङ दरबारका राजा लीलाविक्रम शाहको नाममा छ । ‘ढुंगेफाँट र आर्खेत बजारको जग्गा-जमिनमा स्थानीयवासीले बजार गुल्जार गरिसकेका छन् । किसानले खेती गरिरहेका छन्, कर पनि किसानले नै तिर्छन्, तर लालपुर्जा लीलाविक्रमको नाममा छ’, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘खेती गरेको चार पुस्ता भइसक्यो, तैपनि घरजग्गा यहाँका किसानको नाममा छैन ।’ २०४० साल अघिदेखि मोहीले आफ्नो नाममा लालपुर्जा बनाउन धेरै नै कसरत गरे, तर अझै नसकेको उनको भनाइ छ । ‘जति दौडधुप र प्रयास गर्दा पनि आफ्नो नामको लालपुर्जा बनाउने किसानको धोको अधुरै रह्यो’, उनले भने ।

‘जमिन कमाई गरेबापत बहुदल आएको धेरै वर्षपछिसम्म पनि बोका, राँगो, भेडा, घ्यु लगेर ठकुरीको दरबारमा बुझाउनुपथ्र्यो’, आर्खेतका परिचित अधिकारी भन्छन्, ‘किसानको विभिन्न चरणको आन्दोलनपछि अहिले त्यस्तो सामान त बुझाउनु पर्दैन तर, जग्गाजमिन किसानको नाममा आएको छैन । श्री ५ को वायु गुठीको नाममा छ ।’

लालपुर्जा आफ्नो नाममा नहुँदा किसानले जग्गा धितो राखेर बैंकबाट ऋण लिन पाएका छैनन् । अरू ठाउँका किसानले गाउँकै वडा कार्यालयमा कर तिर्छन्। यहाँका किसान भने कर तिर्न मालपोत कार्यालय धाउनुपर्ने बाध्यता छ ।

‘गरेर खान त पाइएकै छ, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘कहिलेकाहीँ पैसाको खाँचो पर्छ । बैंकमा जग्गा राखेर नगद झिकेर केही काम गरौंला भन्न पाइएन ।’ गुठीको नामको जग्गा राखेर बैंकले ऋण नदिने लामिछाने बताउँछन् । ‘अरू गाउँलेहरू गाउँकै वडा कार्यालयमा कर तिर्छन्, हामी दुई दिनको कामको माया मारेर कर तिर्न मालपोत कार्यालय धाउनुपर्छ,’ उनले दुःखेसो पोखे। राजाको शासन (राजतन्त्र) सकिएर जनताको शासन (गणतन्त्र) आए पनि किसानले व्यवहारमा महसुस गर्न नपाएको उनको भनाइ छ ।

‘ढुंगेफाँट र आर्खेत बजारको जग्गा-जमिनमा स्थानीयवासीले बजार गुल्जार गरिसकेका छन् । किसानले खेती गरिरहेका छन्, कर पनि किसानले नै तिर्छन्, तर लालपुर्जा लीलाविक्रमको नाममा छ’, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘खेती गरेको चार पुस्ता भइसक्यो, तैपनि घरजग्गा यहाँका किसानको नाममा छैन ।’ २०४० साल अघिदेखि मोहीले आफ्नो नाममा लालपुर्जा बनाउन धेरै नै कसरत गरे, तर अझै नसकेको उनको भनाइ छ । ‘जति दौडधुप र प्रयास गर्दा पनि आफ्नो नामको लालपुर्जा बनाउने किसानको धोको अधुरै रह्यो’, उनले भने ।

‘जमिन कमाई गरेबापत बहुदल आएको धेरै वर्षपछिसम्म पनि बोका, राँगो, भेडा, घ्यु लगेर ठकुरीको दरबारमा बुझाउनुपथ्र्यो’, आर्खेतका परिचित अधिकारी भन्छन्, ‘किसानको विभिन्न चरणको आन्दोलनपछि अहिले त्यस्तो सामान त बुझाउनु पर्दैन तर, जग्गाजमिन किसानको नाममा आएको छैन । श्री ५ को वायु गुठीको नाममा छ ।’

लालपुर्जा आफ्नो नाममा नहुँदा किसानले जग्गा धितो राखेर बैंकबाट ऋण लिन पाएका छैनन् । अरू ठाउँका किसानले गाउँकै वडा कार्यालयमा कर तिर्छन् । यहाँका किसान भने कर तिर्न मालपोत कार्यालय धाउनुपर्ने बाध्यता छ ।

‘गरेर खान त पाइएकै छ, स्थानीय ईश्वरी लामिछाने भन्छन्, ‘कहिलेकाहीँ पैसाको खाँचो पर्छ। बैंकमा जग्गा राखेर नगद झिकेर केही काम गरौंला भन्न पाइएन ।’ गुठीको नामको जग्गा राखेर बैंकले ऋण नदिने लामिछाने बताउँछन् । ‘अरू गाउँलेहरू गाउँकै वडा कार्यालयमा कर तिर्छन्, हामी दुई दिनको कामको माया मारेर कर तिर्न मालपोत कार्यालय धाउनुपर्छ,’ उनले दुःखेसो पोखे। राजाको शासन (राजतन्त्र) सकिएर जनताको शासन (गणतन्त्र) आए पनि किसानले व्यवहारमा महसुस गर्न नपाएको उनको भनाइ छ । विस्तृत समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा शिव उप्रेती र मनिष दुवाडीले लेखेका छन ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ७ : ०३ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै