१५ भदौ २०८३, सोमबार | August 31, 2026

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान



नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट निर्माण सहयोगार्थ आर्थिक संकलनले निरन्तरता पाइरहेको छ । मल्मपट्टी ग्रुपका संचालक रहेका डा. बद्री चापागाईले ५ लाख बढी रकम हस्तान्तरण गरेर सुरुभएको आर्थिक संकलन अभियानले निरन्तरता पाइरहेको वैकुण्ठधाम सिधनियाघाट मुल समितिका कोषध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जनाएका छन् ।

वैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि मल्हमपट्टी मर्निङवाक ग्रुपका सदस्यहरु संजीव बस्नेत र विमल डाँगीले आज बिहानै मर्निङवाककै क्रममा एक एक लाख हस्तान्तरण गरेका छन् । उनीहरुले आज बिहान कोषाध्यक्ष श्रेष्ठलाई नगद हस्तान्तरण गरेका हुन् ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार घाट निर्माणका लागि नेपालगञ्ज मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालले १० लाख ११ हजार १११ दान गर्ने घोषणा गरेका छन् भने सिटी प्यालेस होटलका सञ्चालक लोकेन्द्र अर्यालले ५ लाख ५५ हजार ५५५ दान गर्ने घोषणा गरेका छन् ।

बैकुण्ठधाम निर्माणार्थ यही कार्तिक २२ गतेबाट ३० गते सम्म बाचन शिरोमणी दीनबन्धु पोखरेलको नेतृत्वमा नेपालगन्जमा धार्मिक महोत्सव आयोजना हुने भएको छ । बैकुण्ठधाम जस्ता महान अभियानमा हातेमालो गरेर सहयोग पुर्याउनका कोषाध्यक्ष श्रेष्ठले सम्पूर्ण महानुभावहरुमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १० : ०३ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति