२४ माघ २०८२, शनिबार | February 8, 2026

उर्जा बचत गरेका चार कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो अनुदान रकम



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गरेका चार कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकले जर्मन सरकारबाट K FW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित’Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत बिहिबार रकम हस्तान्तरण गरेको हो ।

बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि. लाई एक करोड रुपैंया, प्रिमियर वायर्स प्रा.लि. लाई ९३ लाख ६० हजार तीन सय बीस रुपैंया, हुलास स्टील इन्डष्ट्रिज प्रा.लि. लाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैंया र सालीमार मेटल्स प्रा.लि.लाई ३२ लाख ८ हजार ८ सय रुपैंया रकम हस्तान्तरण गरेको छ ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बिच नेपालका लागि जर्मन राजदुतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले हस्तान्तरण गरका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘Energy Efficiency Program Nepal’ आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।

यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

 

 

 

 

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ७ : १४ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको