२१ चैत्र २०८२, शनिबार | April 4, 2026

पार्टी प्यालेस र होटलमा डीजे घन्किएपनि बुटवलका सडकमा गुन्जिएन तीजको भाका, बजेनन् मादलु



बुटवल । बुटवल आसपासमा तीज शुरु हुनु १५ दिन पहिलेदेखि तीजको रमझम देखिएपनि तीजको दिनभने बुटवल सुनसान देखियो ।

शक्तिका आडमा बिभिन्न संघसंस्थाहरुले बुधबारका दिन सम्म पार्टी प्यालेस, होटल र रेष्टुरेन्टहरुमा तीजको कार्यक्रम राख्दै नाचगान गरेपनि परम्परादेखि तीजमा रमझमहुने बुटवलका ऐतिहाँसिक स्थलहरुमा न त मादल बजे न गीत गुन्जियो ।

२ वर्ष पहिले सम्म तीजका दिन बुटवल बहुमुखी क्याम्पसको प्राङ्गन राती साडीले भरिभराउ हुने गर्दथ्यो । सिद्धेश्वर मावीको प्राङ्गनमा टेक्ने ठाँउ हुँदैन थियो । देवीनगर पिपल चौतारामा तीजले धपक्क छोपिन्थ्यो । तर बिगतको वर्ष देखि कोरोना महामारी फैसलएपछि विगतको बुटवलको तीजको रमझम केवल सम्झना मात्र रहन पुग्यो ।

सिद्धेश्वरमा रमझम हेर्न पाईन्छ की भन्दै प्राङ्गनमा पुगेकी दिपनगरकी सारदा न्यौपाने मैदान खाली देखेपछि लुरुलुरु फर्कँदै थिईन् । घर फर्कँदै गरेकी ६२ वर्षिया न्यौपानेले हुनेखानेले त होटलहरुमा तीज मनाए दुःखीले तीज मनाउने चौर भने रित्तै भएको देखिएको बताईन् । ‘धनीमानीले त होटल होटलमा तीज मनाउँदै, गहना देखाउँदै नाचे गाए, गरिवका छोरीहरु यही चौरमा नाच्थे, कोरोनाले नाच्न दिएन ।’ उनले भनिन्, -‘गहना देखाउने र बाजामा नाच्नेलाई पुलिस्ले छोपेन, गरिवलाई जम्मा हुन दिन्नन् ।’

बिभिन्न संघ संस्थाहरुले तीजको गीत प्रतियोगिता गर्ने बुटवल बहुमखी क्याम्पसको चौर चुरेको पहिरोले पुरिएको छ । मैदानभरी भरिएको लेदो अझै सुकेको छैन ।

हरेक वर्ष टोल विकास संस्थ र महिला समूहका बीच तीजको गीतको प्रतिस्पर्धा हुने देबीनगर चौतारीपनि यस वर्ष सुनसान देखियो । बुद्धनगर देखि ई-रेक्सा चढेर देबीनगरको तीज हेर्न आएकी सावित्रा नेपाल तीजको रमझम नहेरी घर फर्किन् । बुटवलका अन्यत्र डीजेमा गीत घन्किएपनि देबीनगरमा मादल घन्कन्थ्यो, चेलीबेटीहरुले धकफुकाएर गाउँथे र कम्मर मर्काएर नाच्थे । तर यस वर्ष त्यस्ता केही भएनन् । वर्षौदेखि देबीनगरमा तीज हेरेर मन बुझाउने गरेका देबी नगरका श्याम कार्कीलाई अघिल्लो वर्ष देखि न्यास्रो लागेको छ । देबीनगर चौतारीमा मादल नबज्दा सम्म तीज आए जस्तै नलाग्ने कार्कीले बताए । ‘यस्तै चलन बसे चेलिबेटीले तीजको भाका नै भुल्छन् ।’ कार्कीले भने ।

कोरोना कहरको कारण देखाउँदै स्थानीय प्रशासनले सार्वजनिक कार्यक्रम गर्न पूर्ण निषेध गरेपनि पहँच भएका संघ संस्थाहरुले भने कृष्ण जन्माष्टमी देखि बुटवलमा तीज मनाईरहेका थिए । खुल्ला चौरमा जम्मा हुने सर्वसाधारण नारीहरुले प्रशासनको निषेधाज्ञाको पालना गरेपनि हुनेखाने र पहुँचवालाहरुले आयोजना गरेको तीजको रमझममा प्रशासनको आँखा भने पुग्नै नसकेको स्थानीयबासीले गुनासो गरे ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ५ : ५२ बजे

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू