२५ माघ २०८२, आइतबार | February 8, 2026

एमसीसी ‘अनुमोदनको संकेत’



काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन । राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ ।

सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् । आउँदा आउँदै अघिल्लो दिन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेकी थिइन् । एमाले अध्यक्ष ओलीले एमसीसी पारित हुने/नहुने सरकारको हातमा रहेको बताएका थिए । प्रधानमन्त्री देउवाले शुक्रबार सुमारसँग भने, ‘एमसीसी कम्प्याक्ट अगाडि बढाउन मैले राजनीतिक स्तरमा छलफल जारी राखेको छु ।’

यसअघि प्रधानमन्त्रीले कांग्रेस संसदीय दलको बैठकमा एमसीसी सहायता परियोजना भएकाले पारित गर्नुपर्ने धारणा राखेका थिए । एमाले अध्यक्ष ओलीले पनि सुमारसँग आफूहरूले विगतमा पारित गराउने इमानदार प्रयास गरेको अवगत गराएका थिए । यसले दुवै ठूला दलका प्रमुख नेताले एमसीसी अनुमोदन गराउन चाहेको देखाउँछ ।

उपाध्यक्ष फातिमा प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी थिइन् । भेटका क्रममा उनीहरूले एमसीसी र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूबारे छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै लेखेका छन्, ‘आज एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई भेट्न पाउँदा खुसी लाग्यो ।

हामीले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूसहित नेपाल-अमेरिका सहयोगबारे विचार आदानप्रदान गरेका छौं ।’ भेटमा उपाध्यक्ष फातिमाले एमसीसी संसद्बाट अनुमोदन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएकी थिइन् । प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीचको भेटबारे अर्थ मन्त्रालयले साँझ विज्ञप्ति जारी गरेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ७ : १९ बजे

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको

विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै