२५ माघ २०८२, आइतबार | February 8, 2026

अलैँचीको मूल्य बढेसँगै कृषक उत्साहित



ताप्लेजुङ । कालो सुनको उपनामले परिचित नयाँ अलैँची बजारमा खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो ।

पछिल्लो केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरूमै सोचेभन्दा राम्रो मूल्य आएको आएको बताइएको छ । केही साताअघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ३२ देखि ३५ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम्रो भएकाले अलैँची किसान तथा व्यवसायी दुवैलाई उत्साहित बनाएको हो ।

जिल्लाकै प्रमुख नगदेबालीको रूपमा रहेको अलैँचीको नयाँ उत्पादन (फसल) को मूल्य गत वर्षभन्दा यस वर्ष १२ हजारदेखि १४ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी दिनेश अधिकारीले बताए ।

अधिकारीका अनुसार गत वर्ष नयाँ अलैँची बजारमा कारोबार हुन थाल्दा प्रतिमन २० देखि २२ हजार रुपैयाँ मात्र मूल्य रहेको थियो । यस वर्ष सुरूमा आएको अलैँची मूल्यले किसान तथा व्यवसायी दुवैलाई सन्तुष्ट बनाएको अधिकारीको भनाइ छ ।

फुङ्लिङ बजारकै अर्का व्यवसायी भद्र रेग्मीले पनि यस वर्षको अलैँची मूल्यले सधैं निरासा खेप्दै आएका किसान तथा व्यवसायीलाई उत्साहित बनाएको बताए ।

विगतका वर्षमा प्रतिमन २० देखि २२ हजार रुपियाँमा कारोबार हुँदै आएको अलैँची यो सुरूमै प्रतिमन करिव १५ हजार रुपैयाँभन्दा बढीमा कारोबार हुनु भनेको धेरै राम्रो मूल्य भएको व्यवसायी रेग्मीको भनाइ छ । यसरी सुरूमा नै राम्रो मूल्य आएकाले सिजनसम्म नै राम्रो मूल्य आउने जिल्लाका किसान तथा व्यवसायीले अपेक्षा राखेका छन् ।

यता यसवर्ष अलैँची उत्पादन भने ह्वात्तै घटेको किसानले बताएका छन् । अहिले औल क्षेत्रको अलैँची निस्कन थालेको र औल क्षेत्रमा विगतको तुलनामा आधाभन्दा धेरै उत्पादन घटेको फुङ्लिङ नगरपालिका-१ का किसान मकरजङ लिम्बुले बताउनुभयो । लिम्लुका अनुसार यसवर्ष औल क्षेत्रमा सबैतिर अलैँची नफलेकाले उत्पादन घटेको छ । लेकाली क्षेत्रमा भने अलैँची फल राम्रै लागेको किसानले बताएका छन् । लेकाली क्षेत्रको अलैँची भने कात्तिकदेखि मङ्सिर सम्ममा निस्कने गर्दछ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ९ : १८ बजे

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको

विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै