३ पुस २०८२, बिहिबार | December 18, 2025

काँग्रेस महाधिवेशनः युवा नेता को कता ?



काठमाडौं । सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन् ।

गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन् । देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ । पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाललगायतका खुमबहादुर गुटका नेताहरूले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई दबाब बढाएका छन् ।

देउवा गुटकै बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकको व्यवस्थापन पनि देउवाका लागि चुनौतीपूर्ण छ ।

पौडेल गुटमा पनि महामन्त्रीको उम्मेदवारका लागि युवा नेताहरूबीच हानथाप छ । गगन, गुरुराज, डा.मीनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरू महामन्त्री उम्मेदवारका आकांक्षी छन् ।

विगतमा कोइराला परिवार निकट आनन्द ढुंगाना यसपटक देउवा गुटमा खुलेका छन् । फरमुल्लाह मन्सुर पनि कोइराला परिवार छोडेर १३औं महाधिवेशनदेखि देउवा गुटमा प्रवेश गरेका हुन् ।

विगतमा देउवा छोडेर कोइराला गुटमा प्रवेश गरेका डा.नारायण खड्का पुनः देउवा गुटमै फर्केका छन् ।

मीनेन्द्र रिजाल पनि देउवा छोडेर गिरिजाप्रसाद कोइराला हुँदै शशांकतिर लागेका छन्। अर्जुन जोशी कोइराला गुट छोडेर देउवातिर फर्केका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा याे समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ७ : २३ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको