१६ चैत्र २०८२, सोमबार | March 30, 2026

आज नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदै



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ ।

नेपाली टोलीले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अपराह्न ५ बजे हुने नेपाल फुटबल संघले जनाएको छ ।

एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले २ १ को जित निकालेको थियो ।

एएफसी महिला एसियन कप २०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।  उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २ गते हुनेछ ।

त्यस्तै, दोस्रो खेल हङकङसँग असोज ५ गते हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने भएको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुँदै छ ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ८ : ०३ बजे

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन