१६ चैत्र २०८२, सोमबार | March 30, 2026

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपी प्रहरीद्वारा सार्वजनिक



संखुवासभा । संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

स्थानीय तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको अभियोगमा नाताले भतिज पर्ने छिमेकी लोकबहादुरलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । आज चैनपुरमा पत्रकार सम्मेलन गरी आरोपित उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।

आरोपित लोकबहादुरले चिर्पट प्रहार गरेर तेजबहादुरको परिवाका ६ जनाको हत्या गरेका थिए । उनले हत्या गर्ने क्रममा सबैलाई टाउकोमा प्रहार गरेको पाइएको प्रहरीले बताएको छ ।

गत सोमबार तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको विभित्स हत्या भएको थियो।

घटनाको अनुसन्धान गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली खटिएको थियो ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ११ : ५५ बजे

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन