४ पुस २०८२, शुक्रबार | December 19, 2025

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपी प्रहरीद्वारा सार्वजनिक



संखुवासभा । संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

स्थानीय तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको अभियोगमा नाताले भतिज पर्ने छिमेकी लोकबहादुरलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । आज चैनपुरमा पत्रकार सम्मेलन गरी आरोपित उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।

आरोपित लोकबहादुरले चिर्पट प्रहार गरेर तेजबहादुरको परिवाका ६ जनाको हत्या गरेका थिए । उनले हत्या गर्ने क्रममा सबैलाई टाउकोमा प्रहार गरेको पाइएको प्रहरीले बताएको छ ।

गत सोमबार तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको विभित्स हत्या भएको थियो।

घटनाको अनुसन्धान गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली खटिएको थियो ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ११ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको