४ पुस २०८२, शुक्रबार | December 20, 2025

असोज ४ गतेदेखि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट वितरण गर्नेभएको हो ।

बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुले पनि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । एकजना व्यक्तिले १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट पाउनेछन् ।

कोरोना संक्रमणका कारण राष्ट्र बैंकले गत वर्ष नयाँ नोट वितरण रोकेको थियो ।

दशैंमा नयाँ नोट वितरण गर्ने प्रचलन रहँदै आएको छ । नोट प्राप्तिका लागि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा सर्वसाधारणहरुको लामो लाइन लाग्ने गर्दथ्यो ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  १२ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको