१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कुशल र रोहित चम्किँदा अमेरिकामाथि नेपालको शानदार जित



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत अमेरिकामाथि नेपालले शानदार जित हात पारेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको हो ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । उनी ९३ बलमा ८४ रन बनाएर आउट भए । रोहित भने ६२ रन बनाउँदै अविजित रहे ।

त्यस्तै, आसिफ शेख ४२ बलमा २ चौका सहित २३ रनमा क्याच आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर पेभेलियन फर्किए । विनोद भण्डारीले ३७ रन बनाए । अमेरिकाका लागि निसर्ग पटेल र नास्टुश केजोंगीले समान २र२ विकेट लिए भने कप्तान सौरभ नेत्रवालकरले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो ।अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले ।

त्यस्तै, निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, स्टेभन टेलोर १४, नोस्थुस केन्जीगेले १३ तथा जस्कारना माल्होत्राले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने, शुसन भारी र विक्रम सोबले समान २र२ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।

अब नेपालले दोस्रो खेलमा घरेलु टोली ओमानसँग खेल्ने छ ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ७ : ०४ बजे

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई