२५ माघ २०८२, आइतबार | February 8, 2026

देउवाविरुद्ध पौडेल समूह आक्रामक



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो ।

नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी नेतृत्व तयार नभए मनोमानी सहेर नबस्ने पौडेल समूहको चेतावनी छ ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आफ्नो समूहको बैठकलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पुनः वडा अधिवेशन गरिनुपर्ने बताए ।

उनले डडेल्धुरा शैलीमा स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा पनि नदेखाउन पार्टी नेतृत्वलाई खबरदारी गरे । ‘सत्ता र शक्तिको दुरुपयोग गरेर चुनाव गर्ने काम कांग्रेसलाई सुहाउँदैन । हामी यस्तो अधिवेशनलाई मान्दैनौं, धाँधली गरेर सत्ता हत्याउन हामी दिदैंनौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

‘नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाई अधिवेशन निर्वाचन प्रारम्भ गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा पौडेलले भनेका छन्, ‘पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयसमेतलाई लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएकोमा हाम्रो गम्भीर असहमति छ ।’

डडेल्धुरामा तल्ला तहबाट सिफारिस गरी पठाइएका क्रियाशील सदस्यतामा समावेश नाम केन्द्रबाट कटौती गरेर आफूखुसी नाम थप गरिएको भन्दै जिल्ला नेतृत्व नै केन्द्रसँग असन्तुष्ट रहँदै आइरहेको छ ।

डडेल्धुराका जिल्ला सभापति कर्ण मल्लको बहिष्कारका बाबजुद सो जिल्लामा केन्द्रको निर्देशनमा वडा अधिवेशन सम्पन्न भइसकेको छ । सो अधिवेशनमा सभापति शेरबहादुर देउवाबाहेकको समूहले भने सहभागिता जनाएको छैन । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ७ : ३७ बजे

चालुआबमा छुट्टाइएका अधिकांश योजनामा सरकारले कैची चलायो : पूर्वअर्थमन्त्री पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं

टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध नेपालद्वारा तेस्रो विकेट, सन्दीपको बलमा टम ब्यान्टन आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको