६ पुस २०८२, आइतबार | December 21, 2025

चितवनका स्थानीय तहमा अख्तियारको छापा



चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर महानगरपालिका-२५ को वडा कार्यालय र राप्ती नगरपालिकामा छापा मारेको छ । भरतपुर-२५ का वडाध्यक्ष विजयकुमार भुजेलविरुद्ध भ्रष्टाचारको उजुरी परेपछि अख्तियारले सोमबार वडा कार्यालयमा छापा मारेको हो ।

उजुरीसम्बन्धी कागजपत्र संकलन र अनुसन्धान गर्ने काम मंगलबार पनि भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । विभिन्न सिफारिसमा वडाध्यक्षले सेवाग्राहीसँग पैसा मागेको भन्ने उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

‘वडाध्यक्षले गर्ने विभिन्न सिफारिसमा सेवाग्राहीसँग पैसा मागेको र बाहिर समाचार आएपछि फिर्ता गरेको । एउटै आयोजनामा दोहोरो भुक्तानी दिएको भन्नेजस्ता छ सातवटा उजुरी परेको छ’, उनले भने । कागजपत्र संकलन गरेर लगेपछि त्यसमाथि थप अनुसन्धान गरिने उनले बताए ।

‘वडाध्यक्षको सम्बन्धमा धेरै उजुरी आएका थिए’, उनले भने, ‘उजुरी धेरै नै परेको हुनाले फिल्डमा नै गएर उजुरीसँग सम्बन्धित् कागजपत्र उठाएका हौँ ।’ वडाध्यक्ष भुजेलले आर्थिक लाभ लिएर अंशबण्डा गरिदिएको भन्ने आरोपमा उनी विवादमा तानिएका थिए ।

औषधि खरिदमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियारले राप्ती नगरपालिकाको कार्यालयमा पनि छापा मारेको छ । नगरपालिका मातहतका स्वास्थ्य संस्थाले दिने निःशुल्क औषधीको खरिदमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा त्यसको अनुसन्धानका लागि एउटा टोली खटिएको उनले बताए ।

‘सरकारले दिने निःशुल्क औषधिको खरिदमा अनियमितता भएको भन्ने उजुरीपरेपछि हाम्रो टोलीले अनुसन्धानका लागि कागजपत्र संकलन गरिरहेको छ । टोली अझै केहीदिन चितवनमै हुनेछ’, उनले भने ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ७ : ३२ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र