१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अपहरण र शरीर बन्धकको उजुरी



बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी परेको छ । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले पूर्व मुख्यमन्त्री पोखरेल सहित ४ जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

साउन १५ गते दाङबाट अपहरण गरि बुटवल स्थित मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखेको उजुरीमा सांसद वलीले उजुरीमा उल्लेख गरेकी छिन् । पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्दै सांसद खत्रीले सोमबार किटानी जाहेरी दिएकी हुन् ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई विपक्षी बनाएर वलीबाट दिईएको उजुरीमा उनीहरुलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन्।

इलाका प्रहरी कार्यालय बुटवल मार्फत जिल्ला प्रहरी कार्यालय दाङलाई सम्बोधन गरि उजुरी आईपुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले बताए । दाङ प्रहरीका नाममा सम्बोधन गरिएको उजुरी इलाका प्रहरीले बुझेको छ, डीएसपी कुँवरले भनmे ( उजुरी दाङ पठाईन्छ र बाँकी अनुसन्धान त्यतैबाट हुन्छ ।

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले पनि सांसद वलीले बुटवल प्रहरी मार्फत किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे।

लुम्बिनी प्रदेशमा माओवादीका सांसद आईपी खरेलले ४ जनाका विरुद्ध शरीर बन्धक तथा अपहरणको कसुरमा मुद्दा दर्ता भएको पुष्टि गरे ।

लुम्बिनी प्रदेशमा माओवादी सांसद दामा शर्माले पार्टीमा उजुरी दर्ता गर्ने विषयमा छलफल भएको पुष्टि गरिन् । ‘उहिले नै उजुरी दिनु पथ्र्यो, बिमला जी मान्नु भएन, अहिले उजुरी गर्ने सहमती भएको हो ।’ सांसद शर्माले भनिन् ।

दाङ प्रहरीले भने जाहेरी आइनपुगेको जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  १० : २० बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३