२१ माघ २०८२, बुधबार | February 4, 2026

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल, के केमा पाईन्छ छुट ? (सूचीसहित)



काठमाडौं । विगतका वर्षहरु जस्तै यसवर्ष पनि सरकारले दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभर सहुलियत पसलहरु संचालन गर्ने भएको छ । आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । दुग्ध विकास संस्थानको पहुँच भएका स्थानहरुमा ती पसलहरुमा दुध समेत सहुलियत मुल्यमा उपलब्ध हुने जनाईएको छ ।

व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् । आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। ब्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउने बताएका छन् ।

चाडपर्व आउँदै गर्दा खाद्यान्नको मूल्यमा वृद्धि रोक्न सरकारी कम्पनीमार्फत व्यापार गर्न लागिएको व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताईन् ।

के केमा पाईन्छ सहुलियत ? (प्रतिकेजी(लिटर)

नून – २ रुपैयाँ

तेल (तोरी) – ५ रुपैयाँ

तेल (सूर्यमुखी) – ५ रुपैयाँ

तेल (भटमास) – १० रुपैयाँ

चिनी – ५ रुपैयाँ

दाल – ५ रुपैयाँ

चिउरा – ५ रुपैयाँ

आटा – ५ रुपैयाँ

चामल – ५ रुपैयाँ

खासी/बोका (जिउँदो) – १० रुपैयाँ

सिमी – १० रुपैयाँ

फापर – १० रुपैयाँ

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : ०७ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको