२५ माघ २०८२, आइतबार | February 8, 2026

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई



पोखरा । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष बनेका माधवकुमार नेपाल यही दलमै फर्किने जिकिर गरेका छन् ।

प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले भने “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।”

सचिव भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे ।

एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको पनि सचिव भटृराईले बताए ।

उनले गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको भनिएको आमसञ्चार विधेयकले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउने भएकाले आफू यसको विपक्षमा उभिने स्पष्ट गरे ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : ४९ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय