२१ भदौ २०८३, आइतबार | September 6, 2026

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट



काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले इंग्ल्याण्डको सामना गरिरहेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भइरहेको खेलमा इंग्ल्याण्डले नेपालसमक्ष १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको ५ ओभर २ बलमा कुशल भुर्तेल आउट भएका हुन् । विल ज्याक्सको बलमा उनले कट एन्ड बोल्ड हुँदै पभेलियन फर्किए ।

आउट हुनुअघि कुशलले १७ बलमा २९ रनको आक्रामक पारी खेले, जसमा आकर्षक सटहरू समावेश थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । इंग्ल्याण्डका ज्याकब बेथेलले सर्वाधिक ५५ रन जोडे । उनले ३५ बलमा चार चौका र चार छक्का प्रहार गरे ।

कप्तान ह्यारी ब्रुकले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५३ रन बनाए । यस्तै, विल ज्याक्सले १८ बलमा एक चौका र चार छक्कासहित विस्फोटक ३९ रनको अविजित पारी खेले ।

बलिङतर्फ नेपालका नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले एक–एक विकेट हात पारे ।

नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन् ।

त्यसैगरी इंग्ल्याण्डको प्लेइङ–११ मा फिल साल्ट, जोस बटलर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करन, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वुड छन् ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसँगै इंग्ल्याण्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ४६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त