१६ चैत्र २०८२, सोमबार | March 31, 2026

आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकासँग नेपाल पराजित



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो ।

अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोनान्क पटेलले अविजित ३८ रन, जस्करण मल्होत्राले अविजित ३६ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २र२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रन बनाए । ओमान भ्रमणमा उनको यो पहिलो अर्धशतक हो ।

जारी प्रतियोगितामा अर्धशतक बनाउने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । यसअघि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाएका थिए । एक खेलाडी परिवर्तन गरेर मैदानमा उत्रिएको नेपालले शुक्रबार अमेरिकाविरुद्ध विर्सनलायक ब्याटिङ गर्‍यो ।

५ रनको स्कोरमा ओपनर आसिफ शेख ३ रनमा आउट भए भने रोहित पौडल मात्र २ रन पेवेलिएन फर्किए । यस्तै कुशल भुर्तेलले ३६ रन बनाउँदा बिनोद भण्डारीले १० रनको योगदान दिए ।

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका गुल्सन झाले २८ रनको योगदान दिए भने करण केसीले १२ रन बनाए । कुशल मल्ल शून्यमा आउट भए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ३३ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित