१६ चैत्र २०८२, सोमबार | March 31, 2026

चितवन कारागारका २३ कैदीलाई आममाफी



चितवन । संविधान दिवसको अवसरमा चितवन कारागारका २३ कैदीले आममाफी पाएका छन् । बानी व्यवहारमा राम्रो आचरण भएका र आधा कैद भुक्तान गरिसकेका कैदीलाई संविधान दिवसको दिन राष्ट्रपतिले आममाफी दिने गरेकी छन् ।

आममाफी पाएका २३ जना कैदी आइतबार कारबागारबाट छुटेका चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए । आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका नौजना, कर्तव्य ज्यानका तीनजना, ज्यान मार्ने उद्योगका दुईजना, बहुविवाहका चारजना, हातहतियार मुद्दाका एक र चोरी मुद्दाका चारजना कैदी छन् ।

उनीहरू छुटेपछि अब कारागारमा तीन आश्रित बालिका र ६ सय ९१ जना कैदी बाँकी रहेका काफ्लेले बताए । बाँकी कैदीमध्ये ४५ महिला र ६ सय ४६ पुरुष कैदी छन् । चितवन कारागारको क्षमता दुई सय ८० जना रहेको छ । तर, यस कारागारमा क्षमताको तीन गुणासम्म कैदीलाई राख्ने गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  २ : ५७ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित