१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

घरेलु मैदानमा हारबाट जोगियो बार्सिलोना



काठमाडौं । डिफेण्डर रोनाल्ड अरौजोले खेल सकिन अन्तिम मिनेटमा गोल गरेसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ ।

सोमबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा ग्रानाडासँग १-१ गोलको बराबरी खेल्दै बार्सिलोना हारबाट जोगिएको हो । बार्सिलोनाका डिफेण्डर रोनाल्ड अरौजोले १-० ले पछि परेको स्थितिमा बराबरी गोल फर्काएका थिए ।

यसअघि खेलमा अग्रता भ्रमणकारी टोली ग्रानाडाले बनाएको थियो । ग्रानडाको लागि दोस्रो मिनेटमा कौटिन्हो मेनेसेस डुआर्टेको गोल गरेका थिए ।

स्टार खेलाडी लियोनल मेस्सी बार्सिलोना छाडेर पिएसजी लागेपछि बार्सिलोना खराब लयमा रहेको छ । यद्यपि बार्सिलोना स्पेनिस लिगमा अपराजित छ । उसले ४ खेलबाट ७ अंक जुटाएको छ । तालिकामा सातौं स्थानमा छ ।

ग्रानाडा भने जितविहीन हुँदै तीन अंकसहित तालिकाको १७औं स्थानमा छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ४५ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा