१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

५ वर्षमा २ तिहाइले बढ्यो वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार



वीरगञ्ज । आयातनिर्यात कारोबारका हिसाबले मुख्य नाका मानिएको वीरगञ्ज भन्सारबाट बितेको ५ वर्षमा वैदेशिक व्यापार २ तिहाइले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७३/७४ को तुलनामा बितेको आव २०७७/७८ मा वैदेशिक व्यापार ६८ प्रतिशतले बढेको हो ।

वीरगञ्ज भन्सारबाट बितेका वर्षहरूमा व्यापारको आकार बढेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । वर्षेनि भइरहेको मूल्यवृद्धिका कारण अयातनिर्यातको मूल्य बढी देखिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

पछिल्ला वर्षहरूमा औसत वस्तुको मूल्य १० प्रतिशतको हाराहारीमा बढेकाले वैदेशिक व्यापारको परिमाण पनि बढी देखिएको पौडेलको भनाइ छ । बितेको आव २०७७/७८ मा वीरगञ्ज भन्सारबाट कुल ३ खर्ब १३ अर्ब २४ करोड १९ लाख रुपैयाँको मालसामान आयातनिर्यात भएको छ । यो परिमाण आव २०७३/७४ मा १ खर्ब ८५ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबर थियो ।

वीरगञ्ज नाकाबाट आयातसँगै निर्यात व्यापारको परिमाण पनि बढेको तथ्यांकले देखाउँछ । ५ वर्षअघि साढे १३ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार भएकोमा बितेको वर्षसम्ममा यो परिमाण ४ गुणा बढेको छ । आव २०७७/७८ मा यो नाकाबाट ५२ अर्ब रुपैयाँभन्दा बढीको निर्यात व्यापार भएको तथ्यांक भन्सारसित छ ।

यो नाकाबाट मुख्य रूपमा इन्धन, सवारी साधन र औद्योगिक कच्चा पदार्थ, विद्युतीय उपकरणको बढी आयात हुन्छ । निर्याततर्फ प्रशोधित खानेतेल, जुसजाम, कपडा, जुत्तालगायत वस्तुको वर्चस्व रहेको भन्सारले बताएको छ । आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : ४८ बजे

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय