२५ माघ २०८२, आइतबार | February 8, 2026

नबिल दीगो बैंकिङ र नेपाल उद्योग परिसंघ– वूमन लिडरसिप फोरमबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न



काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरम (CNI – WLF) ले महिला उद्यमीहरुको बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।

CNI – WLF संयोजक छाया शर्मा, CNI – WLF सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह समेत उपस्थित उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थित थियो ।

कार्यक्रमको सुरुवात गर्दै CNI – WLF संयोजक छाया शर्माले नबिल बैंकको दीगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्नुका साथै यसले महिलाहरुको सामाजिक रुपान्तरणमा योगदान पुगोस भन्ने गरिन । साथै उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिइन ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङमार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहु“चलाई गाउँगाउँमा पु¥याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरि दीगो विकासमा टेवा पु-याउने लक्ष्य लिएको बताए । कार्यक्रमको समापन गर्दै नबिल बैंकका संचालक समेत रहेकी CNI – WLF सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दीगो बैंकिङलाई सबै महिलाहरुमा पु¥याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताइन ।

कार्यक्रममा नबिल बैंकका दीगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाको बारेमा नबिल दीगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाको बारेमा साना तथा मझौला कर्जा/लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पारेका थिए । अन्तक्र्रियाको अवसरमा विभिन्न महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दीगो बैंकिङको सुरुवात गरेको हो । संयुक्त राष्ट्र संघको दीगो विकासको लक्ष्यलाई सघाउन विपन्नतथा ग्रामिण वर्गलाई लक्षित गरी दीगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रमअन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १२ : १७ बजे

टी-२० विश्वकपमा नेपालको आज ऐतिहासिक सुरुवात, पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो भिडन्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत

महाशिवरात्रीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र

आजको मौसम : तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बदली

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन आउन २५ दिन बाँकी : कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको