१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

पूर्वमन्त्री पुन उपचारका लागि बैंकक प्रस्थान



काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।

नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन आज बिहान ७ बजे हिमालयन एयरलाइन्सको जहाजबाट बैंकक प्रस्थान गरेका हुन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् ।

पूर्व मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​ जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशाणुगत रूपमा सङ्क्रमण भएको जन्डिसले दुःख दिने गरेको छ ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्ड लगायतका नेताहरूको सल्लाहपछि उनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने जानकारी दिए । उनको यसअघि २०७२ मा पनि यही रोगको उपचार थाइल्याण्डमै गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ०७ बजे

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी