१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

महँगियो बजार, छैन अनुगमन



इलाम । दशैँ, तिहार, छठलगायतका मुख्य चाडबाड नजिकिँदै गएपछि बजारमा उपभोग्य सामानको मूल्य अकासिएको छ । बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मूल्य बढ्न थालेको छ । सवारी साधनले मनपरी भाडा लिने गरेको गुनासो पनि सामाजिक संजालमा बाक्लै भेटिन्छ ।

एउटै औषधिको मूल्यसमेत फार्मेसीपिच्छे फरक हुने गरेको उपभोक्ता हक हित संरक्षण मञ्च इलामकी उपाध्यक्ष दीपा आचार्यले बताइन् । ‘कतिपय औषधिको मूल्यमा त निकै ठूलो अन्तर पनि पाइन्छ’, उनले भनिन्, ‘सवारी साधनहरूले तोकिएको भन्दा दोब्बर बढी भाडा असुल गरेको गुनासो आउने गरेको छ । गाडीमा यात्रु खचाखच नै हुन्छन् तर सुुरक्षा मापदण्ड पालना छैन ।’ खाद्यान्न, तरकारी, फलफूल, लत्ताकपडालगायत उपभोग्य सामग्रीको भाउ छोई नसक्नु भएको आचार्यले बताइन् ।

यसअघि बजारको नियमित रूपमा अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई थियो । स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार दिइएको छ । अहिले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका निकायलाई बजार अनुगमनको अधिकार छ । जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिलाई अनुगमनको अधिकार छ ।

अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षण अधिकृतका रूपमा तोकिएको छ । तर, नियमित र प्रभावकारी रूपमा बजार अनुगमन भएको छैन । नियमित रूपमा बजार अनुगमन नहुँदा उपभोक्ता गठिने क्रम बढेको उपभोक्ताको गुनासो छ ।

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले गृह मन्त्रालयले अनुगमनका लागि समन्वय गर्न पत्रचार गरेकाले चाँडै अनुगमन सुरु हुने बताए । ‘हामी चाँडै इलामका बजारको अनुगमन सुरु गर्छौं’, प्रजिअ खड्काले भने, ‘उपभोक्ताको पक्षमा उदार र व्यवसायीको पक्षमा निर्मम भएर बजार अनुगमन गर्छौं ।’

प्रमुख जिल्ला अधिकारी खड्काले उपभोक्ता हक हित संरक्षण ऐनविपरीत गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताए । जिल्लास्थित विभिन्न सरोकारवाला निकाय र संस्थाको प्रतिनिधिले गर्ने अनुगमनमा बिक्री गर्ने वस्तुको लेवल र मूल्य, मूल्य सूची, नियमनकारी निकायमा हुनुपर्ने दर्ता नवीकरण, पान/भ्याट दर्ता, भण्डारणलगायतका विषयमा अनुगमन गर्नेछ ।

यता, सवारी भाडा बढी असुलेको विषयमा जनगुनासो आए पनि जाँचको क्रममा भने यात्रुले नै तिरेको भाडा भन्न नचाहाने गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक किशोर तामाङ बताउँछन् । ‘प्रहरीले जाँच गर्दा यात्रुले तिरको भाडा रकम खुलाउँदैनन्, त्यसैले हामीलाई कारबाही गर्न समस्या छ’, उनले थपे, ‘बढी भाडा असुल्ने सवारी साधनको विषयमा जानकारी पाए कारबाही गर्छौं।’

प्रहरी निरीक्षक तामाङले इलामका आठ स्थानमा नियमित सवारी जाँच हुने गरेको बताए । पछिल्लो साता मात्र यात्रुसँग बढी भाडा असुल्ने सातवटा सवारी साधन कारबाहीमा परेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ०८ बजे

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा