१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्री देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार संसद् अवरोध र पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् ।

संसद्‌मा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा ‘एमाले’, नेकपा ‘माओवादी केन्द्र’, नेकपा ‘एकीकृत समाजवादी’, जनता समाजवादी पार्टी ‘जसपा’लगायत सबै दललाई बैठकमा बोलाइएको छ ।

यसअघि पनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।

संघीय संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ६ : ५९ बजे

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा