१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

लमजुङमा सवारी दुर्घटना: तीन वर्षमा ३० जनाको मृत्यु



लमजुङ । लमजुङमा सवारी दुर्घटनामा परी तीन वर्षमा ३० जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार तीन वर्षमा ५५ वटा सवारीसाधन दुर्घटनामा परेका हुन् ।

नौ वटा सवारी साधनमा क्षति पुगेको छ । तीन वर्षमा ९ वटा बस, ३ वटा ट्रक, १३ वटा जीप भ्यान, १६ जटा ट्याक्टर, १४ वटा मोटरसाइकल दुर्घटना भएको छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले आर्थिक वर्ष ०७७/७८ मा २३ वटा सवारीसाधन दुर्घटना भएको बताए ।

९ वटा सवारीसाधनमा क्षति भएको ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीकाअनुसार बस ३, ट्रक १, जीप/कार/भ्यान ६, ट्याक्टर ७, मोटरसाइकल ६ गरी जम्मा २३ वटा सवारी साधन दुर्घटना भएको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । २७ जना सख्त घाइते भएका छन् । १६ जना सामान्य घाइते भएका छन् ।

ग्रामीण भेगको कच्ची र खाल्डाखुल्डी सडकका कारण सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीले बताएको छ । सर्भे विना नै गाउँमा बाटो निर्माण गरिएकाले बाढीपहिरोको जोखिम बढेको र सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले पनि सवारी दुर्घटना भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ९ : २१ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज